PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

​ब्राजिलको कारागारमा झडप, कम्तीमा दश कैदीबन्दीको मृत्यु



पहिलोपोस्ट

​ब्राजिलको कारागारमा झडप, कम्तीमा दश कैदीबन्दीको मृत्यु

एजेन्सी : ब्राजिलको उत्तरपूर्वी शहर नाटालमा रहेको एक बन्दीगृहमा भएको झडमा परी कम्तीमा दश कैदीको ज्यान गएको छ। 

कारागारमा रहेका दुई समुहबीच झडप भएको स्थानीय प्रहरीको भनाई उद्रृत गर्दै बिबिसीले जनाएको छ। 

एल्काकुज नामक कारागारमा झडप भएको हो। यो उक्त क्षेत्रकै सवैभन्दा ठूलो कैदीगृह हो। 

एक बर्षको अवधिमा बन्दीगृहमा भएको यो तेस्रो झडप हो । एमाजोनामा यही महिनामा भएको फडपमा परी ३० भन्दा बढी कैदीको ज्यान गएको थियो ।
यो वर्ष लागेपछि ब्राजिलको जेलमा भएको यो तेस्रो झडप हो । जनवरीको सुरुमा एमाजोनास र रोराईमा राज्यका जेलमा भएको झडपमा परि एक सय जनाको ज्यान गएको थियो ।

कारागार कैदीबन्दीले नियन्त्रणमा लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell