PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

​नवलपरासीमा बालमैत्री नगरपालिका बनाउने अभियान



पहिलोपोस्ट

नवलपरासी : नवलपरासीका बाँकी छवटै नगरपालिकालाई बालमैत्री नगर बनाउन अभियान तीव्र रुपमा अघि बढाइएको छ। 

यसअघि नवलपरासीको सुनवल नगरपालिकालाई देशकै पहिलो बालमैत्री नगर घोषणा गरिसकिएको छ । अब जिल्लाको रामग्राम र कावासोती, बर्दघाट , देवचुली, गैँडाकोट र मध्यबिन्दु नगरपालिकालाई बालमैत्री नगर बनाउन विभिन्न गतिविधिमार्फत अभियानलाई अघि बढाइएको हो। 

अहिले ती नगरपालिका क्षेत्रमा बाल श्रम उन्मूलन, कुपोषणबाट शिशुलाई बचाउनेलगायतका बालमैत्री बनाउन आवश्यक सूचक पूरा गर्न काममार्फत अभियान चलाएको रामग्राम नगरपालिकाका कार्यकारी अधिकृत रोशन ज्ञवालीले बताए। 

नवलपरासीमा रामग्राम, सुनवल, बर्दघाट, मध्यबिन्दु, कावासोती, देवचुली, गैँडाकोट गरी सात नगरपालिकाका र ५९ गाविस रहेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell