
बार्सिलोना स्पानिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ। गएराती भएको खेलमा लस पलमसलाई ५-० ले पराजित गर्दै बार्सिलोनाले अंक तालिकामा सेभियालाई पछि पारेको हो।
बार्सिलोनाको जितमान लुइस सुवारेजले २ गोल गरे भने लियोनल मेसी, अर्दा तुरान र एलेक्स भिदालले १/१ गोल गरे।
जितसँगै बार्सिलोना १८ खेलबाट ३८ अंक जोड्दै शीर्ष स्थानको रियल मड्रिडसँग अंक दुरी २ मा झारेको छ। तर रियलले बार्सिलोना भन्दा २ खेल मा खेलेको छ। रियलको १६ खेलबाट ४० अंक छ। यस्तै १७ खेलबाट ३६ अंक रहेको सेभिया तेस्रो स्थानमा छ।
ला लिगा कै अन्य खेलमा एथ्लेटिको मड्रिडले रियल बेटिसलाई १-० ले पराजित गरेको छ। एथ्लेटिकोलाई ३ अंक दिलाउन निकोलस गाइटनले निर्णायक गोल गरे जितपछि १७ खेलबाट ३६ अंक जोडेको एथ्लेटिको चौथो स्थानमा यथावत छ।
लेगानेस र एथ्लेटिक विल्वाओ तथा भियारियाल र डेपोर्टिभा ला कुरानाले भने गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।