PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

प्रिमियर लिग : चेल्सी, टोटनहम र आर्सनलको जित, ह्यारी केनको ह्याट्रिक



पहिलोपोस्ट

प्रिमियर लिग : चेल्सी, टोटनहम र आर्सनलको जित, ह्यारी केनको ह्याट्रिक

प्रिमियर लिग अन्तर्गत गएराती भएका खेलमा शीर्ष स्थानमा चेल्सी, टोटनहम हट्सपर र आर्सनलले जित हात पारेका छन्। 

चेल्सीप्ले साविक विजेता लेस्टर सिटीलाई उसैको मैदानमा ३-० ले हराउँदै शीर्ष स्थानमा ७ अंकको अग्रता कायमै राखेको छ। डिएगो कोस्टा बिना मैदान उत्रेको चेल्सीको लागि मार्को अलोन्सोले २ गोल गरे भने पेड्रोले एक गोल थपे। जितपछि चेल्सीको २१ खेलबाट ५२ अंक भएको छ। 

ह्यारी केनको ह्याट्रिक मद्वतमा वेष्टब्रोमलाई ४-० ले पराजित गर्दै  टोटनहम अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। टोटनहमको लागि क्रिस्टियन एरिक्सनले अर्को गोल गरे। जितपछि टोटहमले २१ खेलबाट ४५ अंक जोडेको छ।

अर्को खेलमा आर्सनलले स्वान्सी सिटीलाई ४-० ले हरायो। आर्सनलको जितमा ओलिभर जिरुड र एलेक्सिस सानचेजले १/१ गोल गरे भने स्वान्सी सिटीका ज्याक कोर्क र केल नाउटनले आत्मघाती गोल गरेका थिए। 

जितपछि आर्सनलले २१ खेलबाट ४४ अंक जोडेको छ। एक खेल कम खेलेको लिभरपुलको पनि समान ४४ अंक रहेपनि गोल अन्तरमा आर्सनल अगाडी रहेको हो। 

प्रिमियर लिगकै अन्य खेलमा वेष्टहमले क्रिस्टल प्यालेसलाई ३-०, हल सिटीले एएफसी बर्नमाउथ तथा स्टोक सिटीले सण्डरल्याण्डलाई समान ३-१ ले पराजित गरेको छ। बर्नलेले साउथह्याम्पटनलाई १-० ले पराजित गर्दा वाटफोर्ड र मिडल्स्ब्रोले गोलरहित बराबरी खेलेका छन्।

लिग अन्तर्गत अाज एभरटनले घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग खेल्नेछ भने लिभरपुलले घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell