PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

आप्रवासी चढेको डुंगा लिबियामा दुर्घटना, एक सयभन्दा बढी बेपत्ता



पहिलोपोस्ट

आप्रवासी चढेको डुंगा लिबियामा दुर्घटना, एक सयभन्दा बढी बेपत्ता

एजेन्सी : लिबियाको एक बन्दरगाह नजिकै ‘मेडिटेरिएन’ सागरमा ड्रुगा दुर्घटनामा परी सयभन्दा बढी बेपत्ता भएका छन् । आप्रवासीहरु चढेको उक्त डंगा दुर्घटनामा बेपत्ता भएका धेरैको मृत्यु भएको आंशका गरिएको छ।

बन्दरगाहका सुरक्षाकर्मीले बेपत्तामध्ये आठ जनाको शव फेला पारेका छन्। चार जनाको जीवितै उद्दार गरिएको बिबिसीले जनाएको छ। डुंगामा युरोप प्रवेश गर्न चाहने आप्रवासी रहेको जनाइएको छ। अध्यारोका कारण उद्दारमा कठिनाई भएको छ।

डुंगामा कुन देशका नागरिक थिए भन्ने एकिन भएको छैन।

गत शुक्रवारमात्रै इटालियन तटीय सुरक्षाकर्मीले पाँच सय ५० आप्रवासीको सोही सागरवाट उद्दार गरेका थिए।

सन् २०१७ को पहिलो दुई हप्तामा सामुन्द्रिक मार्गबाट झण्डै एक हजार आप्रवासी युरोप छिरेका छन्। युएनएचसीआरको बार्षिक प्रतिबेदन अनुसार ‘मेडिटेरिएन’ सागर भएर यात्रा गर्ने पाँच हजारको सन् २०१६ मा मृत्यु भएको छ । यो अहिलेसम्मको उच्चदर हो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell