PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

पुनर्निर्माणलाई तीव्रता दिनकै लागि प्राधिकरणका सिइओ हटाइएको हो : गृहमन्त्री निधि



पहिलोपोस्ट

पुनर्निर्माणलाई तीव्रता दिनकै लागि प्राधिकरणका सिइओ हटाइएको हो : गृहमन्त्री निधि

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भूकम्पको पुनर्निर्माणको कामलाई सरकारले तीव्रता दिने बताएका छन्।

काठमाडौँ महानगरपालिकाले ‘१९औं भूकम्प स्मृति दिवस’का अवसरमा आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै पुनर्निर्माणको कामलाई तीव्रता दिनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको प्रस्ट पारे। भूकम्पबाट जोगिनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक रहेकोमा पनि निधिले जोड दिए।

कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले २०७२ सालको भूकम्पमा ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको भन्दै सबैले घर बनाउँदा भवन निर्माण आचारसंहिता पालना गर्नुपर्ने बताए। सबै स्थानीय तहमा सरकारले भवन आचारसंहिता लागू गरेको जानकारी गराउँदै उनले आचारसंहिता पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याइने चेतावनी पनि दिए।
 
महानगरपालिकाका निमित्त कार्यकारी अधिकृत सनतकुमार थापाले आफूहरुले निजी घरसँगै सरकारी घरलाई पनि भवन निर्माण आचारसंहिताको दायरमा ल्याएको बताए।

आज देशभर ‘भूकम्पपीडितको सुरक्षाको आधार, भुइँचालो थाम्ने घर र पूर्वाधार’ भन्ने नाराका साथ १९औँ भूकम्प स्मृति दिवस मनाइँदैछ।
 
सरकारले १९९० माघ २ गते महाभूकम्प गएको सम्झनामा केही वर्षयतादेखि भूकम्प स्मृति दिवस मनाउँदै आएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell