PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

स्वास्थ्य चौकीलाई चार जनाले गरे चार रोपनी जग्गा दान



पहिलोपोस्ट

बाबियाचौर (म्याग्दी) : म्याग्दीको बाबियाचौर स्वास्थ्य चौकीलाई रणवाङका बासिन्दाले रु सोह्र लाखभन्दा बढी मूल्य बराबरको जग्गा उपलब्ध गराएका छन्।
 
बाबियाचौर–८ रणवाङका ललितबहादुर मल्ल, लक्षिनबहादुर मल्ल, होमबहादुर सेन र हिरा सुवेदीले चार रोपनी १२ आना जग्गा सहयोग गरेका हुन्। उनीहरुले प्रतिरोपनी रु चार लाख मूल्य बराबरको जग्गा उपलब्ध गराएको स्वास्थ्य चौकीका अहेब बालकृष्ण शर्माले जानकारी दिए।

स्वास्थ्य चौकीको सुविधासम्पन्न भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको दाताहरुले बताएका छन्। सो स्वास्थ्य चौकी हाल सहस्रधारास्थित मालिका युवा क्लबको भवनको दुईवटा कोठाबाट सञ्चालन हुँदै आएको छ। हाल चौकी सञ्चालनमा रहेको भवन निर्माणका लागि २०५४ सालमा नन्दप्रसाद गौचनले जग्गा उपलब्ध गराएका  थिए।
 
हाल भवन रहेको जग्गा स्वास्थ्य चौकीको भवन निर्माणका लागि अपुग भएपछि जग्गाको खोजी गरिएको थियो। स्वास्थ्य चौकीको भवन निर्माणका लागि कम्तीमा चार रोपनी जग्गा आवश्यक पर्ने मापदण्ड छ। जग्गा प्राप्ति भएपछि भवन निर्माणका लागि माथिल्लो निकायमा माग गरिएको स्वास्थ्य चौकी व्यवस्थापन समितिले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell