PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

फेसबुकमा जुकरवर्गलाई ब्लक गर्न सक्नुहुन्न : १० नयाँ जानकारी, जुन तपाईंले हप्तादिन अघिसम्म थाहा पाउनुभएको थिएन



पहिलोपोस्ट

फेसबुकमा जुकरवर्गलाई ब्लक गर्न सक्नुहुन्न : १० नयाँ जानकारी, जुन तपाईंले हप्तादिन अघिसम्म थाहा पाउनुभएको थिएन

विश्वमा हरेक दिन कुनै न कुनै नयाँ घटना भइरहेका हुन्छन्। सबैबारे हामीलाई थाहा नहुन पनि सक्छ। यसरी नै पछिल्लो हप्ता पनि केही नयाँ कुराहरु भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। ती मध्ये तपाईंले थाहा नपाएका १० जानकारी यस्ता छन्-

१. यदि तपाईं बच्चलाई बायाँ काखमा बोक्नुहुन्छ भने यसले माया बढाउन मद्दत गर्छ। 

२. बेहोस पार्न प्रयोग गरिने एनिस्थेटिकले कसैको लागि काम नगर्न पनि सक्छ। तर अहिलेसम्म थाहा छैन कि यो कसरी हुन्छ।
 
३. तपाईं फेसबुकमा मार्क जुकरवर्गलाई ब्लक गर्नु सक्नुहुन्नु। उनी फेसबुकका संस्थापक हुन्, बरु उनकी श्रीमतीलाई भने ब्लक गर्न सक्नुहुन्छ।
 
४. १८ सय वर्षअगाडि आकाशमा दुई तारा जुधेका थिए। सन् २०२२ मा पनि फेरि सोही चमत्कार दोहोरिनेछ।
 
५. डेविड बोईको गत वर्ष निधन भयो। उनी एलिअन्सको संगीतका लागि काम गर्थ। जहाँ मरिअची ब्याण्ड र बब डाइलनका काल्पनिक गीतको संग्रह छ।
 
६. सेतो भाले गैंडाहरु पोथी गैंडाबारे जानकारी लिन सार्वजनिक स्थलमा त्याग गरिएको गोबर सुँघ्ने गर्छन्।
 
७. नेदरल्यान्डसका सबै इलेट्रिक ट्रेनमा वायु ऊर्जा जडान गरिएको छ।
 
८. न्यु जर्सीको एक ट्रम्प ब्राण्डको अपार्टमेन्टमा चिनियाँ नागरिकको लगानी थियो।
 
९. ७० हजार रिटायर्ड अंग्रेज स्पेनमा हेल्थ सिस्टमको प्रयोग गर्छन्। जबकि स्पेनका ८१ पेन्सनभोगीहरु एनएचएसको अन्डरमा रजिस्टर्ड छन्।
 
१०. धनी घरमा जन्मेका कोष प्रबन्धकले भन्दा गरिब पृष्ठभूमिबाट आएका कोष प्रबन्धक बढी लगानी फिर्ता गर्न सक्षम हुन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell