PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

अमेरिकी राष्ट्रपति ट्रम्पले चढ्ने गाडीको विशेषता, बम विस्फोट हुँदा पनि भित्र बस्ने सुरक्षित, अरु केके?



पहिलोपोस्ट

अमेरिकी राष्ट्रपति ट्रम्पले चढ्ने गाडीको विशेषता, बम विस्फोट हुँदा पनि भित्र बस्ने सुरक्षित, अरु केके?

न्युयोर्क : अमेरकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले शपथ लिने दिनदेखि चढ्ने क्याडिलाक वन लिमोजिन अरु भन्दा फरक हुनेछ। अमेरिकी राष्ट्रपतिले चढ्ने कारलाई द बिस्ट भन्ने गरिन्छ। ट्रम्पले चढ्ने कारमा यस्ता विशेषता थपिएका छन् जुन यसअघिका राष्ट्रपतिले चढ्ने कारमा थिएनन्।
 
यो गाडीमा विभिन्न हतियारहरु हुनेछन्। जस्तै टियर ग्यास हान्ने सटगन। त्यतिमात्र हैन ट्रम्पको ब्लड ग्रुपको रगत भएका बोतलहरु समेत यसमा हुनेछ, ताकि एकदमै आपतकालीन अवस्थामा उपयोग गर्न सकियोस्।
 
गाडीका झ्याल र ढोका बुलेटप्रुफ मात्र हैन, केमिकल र बायोलोजिक अट्याक हुँदा पनि छेक्न सक्ने सामर्थ्यको हुनेछ। झ्याललाई त ड्राइभरले मात्र तल झार्न सक्ने डेली मेलले लेखेको छ।
 
अहिलेको कार सन् २००९ मा चढ्न थालिएको थियो। यसको मूल्य १५ लाख अमेरिकी डलर पर्ने अनुमान छ। ८ टन वजनको गाडीको स्पिड क्षमता बढीमा ६० माइल पर आवरमात्रै छ।
 
यसका विशेषताहरु सबै त सर्वसाधारणको जानकारीमा ल्याइएको छैन तर भनिन्छ रोडसाइड बम विस्फोट हुँदा पनि यसभित्र बस्नेको सुरक्षा हुनेछ। अमेरिकी राष्ट्रपतिको सुरक्षाका लागि जिम्मेवार निकाय द सिक्रे‍ट सर्भिसले सन् २०१४ मा राष्ट्रपतिको लिमो फेर्ने प्रस्ताव गरेको थियो।
 
अहिलेको गाडीका लागि साढे एक करोड अमेरिकी डलर जनरल मोटर्सलाई भुक्तान गरिएको डकुमेन्टहरुले देखाउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell