PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

डडेल्धुरा भूकम्पको उच्च जोखिममा रहेको सिडिओको दावी



पहिलोपोस्ट

डडेल्धुरा भूकम्पको उच्च जोखिममा रहेको सिडिओको दावी

डडेल्धुरा : भूबनोट कमजोर भएकाले समुद्री सतहदेखि करिब दुई हजार ६ सय मिटर उचाइमा रहेको डडेल्धुरा भूकम्पको उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहले बिनामापदण्ड मनपरी घर बनाइएकाले भूकम्प गयो भने क्षति पुग्न सक्ने बताउँदै सतर्कता अपनाउन सुझाव दिए।
 
सदरमुकाम डडेल्धुरा उच्च जोखिममा रहेको उनको भनाइ छ । जिल्लामा भवन तथा भौतिक कुरा निर्माण गर्दा राष्ट्रिय भवन निर्माण आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्ने र भूकम्परहित घरको निर्माण हुनुपर्नेमा सरोकारवालाले जोड दिएका थिए।

भिरालो जमिनमा घर बनाइएकाले डडेल्धुरा उच्च जोखिममा रहेको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर रामकुमार श्रेष्ठ बताए।
नयाँ बनेका घर पनि भूकम्प प्रतिरोधात्मक नभएर मनोमानी रुपमा निर्माण भइरहेको इञ्जिनियर श्रेष्ठले बताए।
रासस 
तस्विर : www.ai.stanford.edu



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell