PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

​रामजानकी मन्दिरका सत्तरीवर्षीय पुजारीले आत्महत्या गरे



रासस

​रामजानकी मन्दिरका सत्तरीवर्षीय पुजारीले आत्महत्या गरे

सप्तरी : रामजानकी मन्दिरका पुजारी फुलोदेवी सरदारले आत्महत्या गरेका छन्। कोलाडी बसाइनमा रहेको मन्दिरका पुजारी सरदारले विष खाएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ।

सत्तरीवर्षीय पुजारी सरदार मन्दिरमा मृत अवस्थामा फेला परेका थिए। प्रारम्भिक अनुसन्धानमा उनले विष पिएर आत्महत्या गरेको देखिएको स्थानीय प्रहरीले जानकारी दिएको छ।
। 
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
 रासस 
तस्विर : www.india.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell