PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​खुकुरी कप क्रिकेट : अमरसिंह राउेटलाको अलराउण्ड प्रदर्शनमा रोएल पिसी फाइटरको फराकिलो जित



पहिलोपोस्ट

काठमाडौं : अमरसिंह राउटेलालो अलराउण्ड प्रदर्शन गरेपनि खुकुरी कप क्रिकेट अन्तर्गत समूह सी को खेलमा रोएल पिसी फाइटरले लायन क्रिकेट क्लबलाई १६३ रनको फराकिलो अन्तरले पराजित गरेको छ। 

भक्तपुरस्थित सैनिक आवासिय महाविद्यालयको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रोएल पिसी फाइटरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२६ रन बनायो। पिसी फाइटरका लागि अमरसिंहले नटआउट ८६ रन बनाए। ४५ बल खेलेका अमरसिंहले ८ चौका र ४ छक्का प्रहार गरे। यस्तै प्रदिप ऐरीले नटआउट रहादै ३९ रन जोडे। 

जवाफमा २२७ रनको उच्च लक्ष्य पछ्याएको लायन क्लब १७.१ ओभरमा ६३  रनमा अलआउट भयो। लायनका कौशिक माइटीले १६ तथा सिद्धार्थ लामाले ११ रन बनाउनु बाहेक अनयले दोहोरो अंक छुन सकेनन्। 

लायनलाई अलआउट गर्न रोएल पिसी फाइटरका कमल सिंह ऐरीले ३ विकेट लिए भने अमरसिंह, सन्दीप जोहरा र प्रदिप ऐरीले समान २ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell