
डिप्रेसमा रहेको मानिस प्रारम्भमा आत्महत्या गर्ने कि नगर्ने दुविधामा हुन्छ। उसमा छट्पटी बढ्न थाल्छ । साथी, आफन्तसँग मर्न मन लागेको छ भन्ने जस्ता कुरा गर्छ। तर हाम्रो समाजले यस्ता कुरालाई त्यति गम्भिर रुपमा हेरिदैन। उसको कुरा गम्भिर भएर सुन्नुको साटो बरु जा न त मर, हावा कुरा गर्छस् जस्ता कुरा गरेर मजाक बनाईन्छ । यस्तो प्रतिकृयाले उ थप निरास हुन्छ।
-
मनोचिकित्सक डा. सगुनबल्लभ पन्त
त्यस्ता ब्यक्तिमा केही लक्षणहरु देखिन्छन्। समयमै समाधान नगरे अन्तिम अवस्थामा आत्महत्या गर्ने निर्णयमा पुग्छन्। डिप्रेसन, बंशाणुगत, आत्मसम्मानको रक्षाका लागि आत्महत्या गर्ने गरेको देखिन्छ। परिवार, आफन्तमा कसैले आत्महत्या गरेका छन् भने त्यस्तो परिवारका पुस्तामा अरुले आत्महत्या गर्ने जोखिम बढी हुन्छ।
डिप्रेसमा रहेको मानिस प्रारम्भमा आत्महत्या गर्ने कि नगर्ने दुविधा हुन्छ। उसमा छट्पटी बढ्न थाल्छ । साथी, आफन्तसँग मर्न मन लागेको छ भन्ने जस्ता कुरा गर्छ।
तर हाम्रो समाजले यस्ता कुरालाई त्यति गम्भिर रुपमा हेरिदैन। उसको कुरा गम्भिर भएर सुन्नुको साटो बरु जा न त मर, हावा कुरा गर्छस् जस्ता कुरा गरेर मजाक बनाईन्छ ।
यस्तो प्रतिकृयाले उ थप निरास हुन्छ।
आत्महत्याको निर्णयमा पुग्नुभन्दा अगाडी केहि व्यक्तिले त्यसलाई रोक्न मदिरा र चुरोट लगायत पर्दाथको सेवन बढाउने गरेको समेत देखिन्छ।
उ मनमा गुम्सिएका भावना सुनाउने सही ब्यक्तीको खोजीमा हुन्छ। तर उल्टो मजाक बनाउने पो हो कि भनेर मनको कुरा भन्न डराइरहेको हुन्छ ।
अन्तमा कसैको सहारा र सहयोग नपाएपछि आत्महत्या गर्ने मनस्थितिमा पुग्ने गरेको देखिन्छ।
६० प्रतिशत आत्महत्याका घटना रोक्न सकिन्छ
विश्वभर विभिन्न संघ सस्थाले गरेको सर्वोक्षणमा ७० प्रतिशत आत्महत्याको कारण डिप्रेसन नै भएको देखाएको छ। समयमै पहिचान गरेर उपचार गर्ने हो भने ५० देखि ६० प्रतिशत आत्महत्याका घटना रोक्न सकिन्छ।आत्महत्या गर्नुअघि व्यक्ति चिकित्सककोमा पुगेकै हुन्छ । उसले आफ्नो समस्या स्पष्ट भन्न नसक्दा सहि परामर्श पाउन सक्दैन। आफ्नो शरिरमा भएको रोग र मानिसक रोगलाई लुकाउँदा नै त्यसले आत्महत्याको दुर्घटनामा पुर्याउँछ।
आत्महत्याको प्रयासमा जोगिएकाले पुन आत्महत्याको प्रयास गर्ने जोखिम बढी हुन्छ। त्यस्ता ब्यक्तीलाई समाजले बाँच्न प्रोत्साहन गर्नुको साटो गतल दृष्टिले हेर्ने र आलोचना गर्ने प्रबृतिले बेक्कार बांचिएछ भनेर अर्को पटक पनि आत्महत्या गर्न खोज्छन् ।
यो समस्या समाधानको बाटो उपचार नै हो । आत्महत्या डरपोक र आत्मबल कम भएकोले गर्ने होइन भन्ने बुझ्न आवश्यक छ। आत्महत्या मानसिक रोग हो र यो उपचारबाट ठिक पार्न सकिन्छ ।
परिवार र समाजले यस्तालाई आत्मियता देखाउने र सहयोग गर्न जरुरी छ ।
(सविन ढकालसँग कुराकानीमा आधारित)