PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​धनकुटामा जन्ती बोकेको भ्यान दुर्घटना, तीन जनाको मृत्यु चार घाइते



पहिलोपोस्ट

​धनकुटामा जन्ती बोकेको भ्यान दुर्घटना, तीन जनाको मृत्यु चार घाइते

धनकुटा : फाक्सिव गाविस– ८ मा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। 

विवाहको जन्ती लिएर फाक्सिव गाविसबाट भेडेटारतर्फ आउँदै गरेको को १ च ८१८ नंको भ्यान सडकमा पल्टँदा भेडेटार गाविसका सुनील मगर, विक्रम मगर र मिलन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदीपराज राजभण्डारीले जानकारी दिए। तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो। 

दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको स्थिति गम्भीर छ। घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell