PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

​जलबिद्युतमा लगानी गर्न दुई अर्व १२ करोडको प्रतिबद्धता



पहिलोपोस्ट

​जलबिद्युतमा लगानी गर्न दुई अर्व १२ करोडको प्रतिबद्धता

काठमाडौँ : ऊर्जा मन्त्रालयले अगाडि सारेको ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रममा हालसम्म रु दुई अर्ब ११ करोड ७६ लाख ८५ हजार रकमको प्रतिबद्धता प्राप्त भएको छ। 

मन्त्रालयले अनलाइनमार्फत जलविद्युत् आयोजनामा लगानीका लागि पहिलो चरणमा नागरिकसँग प्रतिबद्धता जनाउन आग्रह गरेको थियो। 

मन्त्रालयकाअनुसार हालसम्म व्यक्तिगत रुपमा २१ हजार ८२४ जनाले लगानीको प्रतिबद्धता जनाएका छन् । व्यक्तिगत रुपमा रु दुई अर्ब ५१ लाख तथा २१ वटा संस्थाले रु ६६ करोड १७ लाख ५० हजारको प्रतिबद्धता प्राप्त भएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell