PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​सुरक्षाकर्मीको कारबाहीमा कमाण्डरसहित २१ तालिवानको मृत्यु



पहिलोपोस्ट

​सुरक्षाकर्मीको कारबाहीमा कमाण्डरसहित २१ तालिवानको मृत्यु

काबुल : अफगानिस्तानमा देशभरी तालिवान आतङ्ककारीविरुद्ध सुरक्षाबलले जारी राखेको कारबाहीका क्रममा करिब २१ जना आतङ्ककारीको मृत्यु भएको छ। सो कारबाहीमा मारिएका आतङ्ककारीहरू तालिवान समूहका कमाण्डरसमेत रहेका छन्। 

गत २४ घण्टाभित्र अफगान प्रहरी, सैनिक र गुप्तचर निकायको समेत सहयोगमा अफगानिस्तानको कासिसा, पार्वा, ओरुजगान र खोस्त प्रान्तमा गरेको कारबाहीको क्रममा ती आतङ्ककारी मारिएको गृह मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा बताइएको छ। 

यस घटनाको इस्लामिक स्टेट (आईएस) र तालिवानी आतङ्ककारी समूहले कुनै टिप्पणी गरेका छैनन् । यस कारबाहीका क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहती नभएको बताइएको छ। 

अगानिस्तानभरी तालिवानसँग आवद्ध हिंसा जारी रहेको छ । तालिवानले अशान्त पारेको यस इलाकाहरूमा अफगान सुरक्षाबलले कारबाही जारी राखेका छन् र कतिपय स्थानहरूमा सुरक्षाबलले सफलतासमेत प्राप्त गरेका छन् । रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell