PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​डोनाल्ड ट्रम्पलाई गुप्तचर प्रमुखको चेतावनी- 'बोलीमा नियन्त्रण राख्नूस्'



पहिलोपोस्ट

​डोनाल्ड ट्रम्पलाई गुप्तचर प्रमुखको चेतावनी- 'बोलीमा नियन्त्रण राख्नूस्'

एजेन्सी : अमेरिकी गुप्तचर संस्था सिआइए प्रमुख जोन ब्रेननले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई सानातिना विषयमा टिप्पणी नगर्न चेतावनी दिएका छन्। कार्यकालको अन्त्यतिर रहेका ब्रेननले फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पलाई यस्तो चेतावनी दिएका हुन्।
 
ब्रेननले ट्रम्पलाई आफ्नो बोलीमा नियन्त्रण राख्न पनि भनेका छन्।
 
उनले ट्वीटरमार्फत विचार प्रवाह गर्दा आन्तरिक हित प्रवाभित गर्नेगरी मत नराख्न पनि ट्रम्पलाई सुझाव दिएका छन्। ट्रम्पको अबको अभिव्यक्ति उनको निजी विचारमात्र नभई अमेरिकी राष्ट्र प्रमुखको पनि हुने ब्रेननको भनाइ छ।
 
ट्वीटरबाट गरिने वक्तव्यबाजीले अमेरिकाको हित नगर्ने ब्रेननले बताएका छन्। राष्ट्रपतिले ट्वीटरबाट अमेरिकाको विदशी नीति र साथको घोषणा गर्न नसक्ने उनले बताए।
 
अमेरिकी खुफिया संस्थाले राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नता रहेको रिपोर्ट सार्वजनिक भएको एक सातापछि ब्रेननको यस्तो भनाइ आएको हो। निर्वाचनमा रुसको भूमिका रहेको दाबी गरिएको रिपोर्टलाई राष्ट्रपतिमा निर्वाचित ट्रम्पले अस्वीकार गरेका थिए।

नवनिर्वाचित राष्ट्रपति ट्रम्पले जनवरी २० बाट ह्वाइटहाउसको कमाण्ड समाल्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell