
हङकङबाट उडेको कार्गो विमान किर्गिस्तानको बिशकेकस्थित मनास विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
'टर्किस एयरलाइन्सको बोइङ ७४७ विमान खराब मौसमी अवस्थाका कारण दुर्घटनामा परेको हो,' संकट व्यवस्थापन केन्द्रका रिया नोभोस्तीले बताए।आपतकालीन मन्त्रालयले पनि मौसमको खराबीका कारण उक्त विमान ल्याण्डिङका क्रममा दुर्घटनामा परेको जनाएको छ।
उद्धारकर्मीहरूले एक पाइलट र अन्य १५ जनको शव निकालेका छन्। दुर्घटना क्रममा दुई घरमा क्षति पुगेको बताइएको छ। थप जानकारी आउन बाँकी छ।फाइल फोटो