PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​बेरोजगार हुनुहुन्छ? युवा परिषद्मा पेश गर्नुस् व्यावसायिक कार्ययोजना र लिनुस् सहायता



पहिलोपोस्ट

​बेरोजगार हुनुहुन्छ? युवा परिषद्मा पेश गर्नुस् व्यावसायिक कार्ययोजना र लिनुस् सहायता

काठमाडौं : राष्ट्रिय युवा परिषद्ले बेरोजगार युवा लक्षित गरी विभिन्न परियोजनामा सहयोगका लागि व्यावसायिक परियोजना प्रस्ताव माग गरेको छ। संगठित संस्था स्थापना गरी विभिन्न क्षेत्रमा उद्यमको योजनासहित आवश्यक स्रोतका लागि युवा परिषद्मा निवेदन दिन सकिनेछ।
 
आउँदो फागुन ३ गतेसम्म यु्वा समूहले आफ्ना योजना पेश गर्न सकिने परिषद्को सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।
 
परिषदले ७५ वटै जिल्लाका २४० निर्वाचन क्षेत्रमा ‘एक वडा १० युवा, एक उद्यम’ कार्यक्रम सञ्चालनका लागि परियोजना प्रस्ताव माग गरेको हो।
 
सहायता प्राप्त गर्नका लागि कृषि, वन, पशुपंक्षी, विज्ञान, सूचना प्रविधि, सञ्चार कला तथा संस्कृति आदिमा कम्तीमा पाँचवर्षे व्यावसायिक योजना पेश गर्नुपर्नेछ। योजनाहरु स्थानीय स्रोतमा आधारित हुनुपर्नेछ।
 
युवा परिषद्ले जिल्लाको युवा समिति कार्यालयमार्फत व्यावसायिक उद्यम प्रस्तावसहितको निवेदन पेश गर्न सकिने व्यवस्था गरेको छ। एकै वडाका १६ देखि ४० वर्ष उमेर समूहका १० युवाले परियोजना प्रस्ताव पेश गर्न सक्नेछन्।
 
१० युवामा कम्तीमा पाँच महिला हुनुपर्नेछ।
 
युवा समूह प्रचलित कानुन बमोजिम दर्ता भएको हुनुपर्नेछ। सम्न्धित निकायको संस्था दर्ता प्रमाणपत्र आवश्यक रहनेछ।
 
परियोजना प्रस्ताव र सहायता सम्बन्धी विस्तृत जानकारीका लागि राष्ट्रिय युवा परिषदको वेबसाइट www.nyc.gov.np  हेर्न सकिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell