PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

​हिउँफूलसँग खेल्दै बादलको समुद्र नियाल्दा, १३ फोटोमा

​हिउँफूलसँग खेल्दै बादलको समुद्र नियाल्दा, १३ फोटोमा

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


कालिञ्चोक (दोलखा) : कालिञ्चोक यति बेला हिउँले सुकिलो बनेको छ। भरखरै नुहाएर घाम ताप्दै गरेकी नवयौवना जस्तै!
 
हिउँदको यो मौसममा कालिञ्चोकले धेरै पर्यटकहरुलाई बोलाइरहेको छ- आफूसँगै खेल्न। रमाउन र बात मार्न।
 
दोलखाको पर्यटकीय गन्तव्य हो कालिञ्चोक। कालिञ्चोक भगवतीको मन्दिर धार्मिक आस्थाको केन्द्र हो। यति सुन्दर ठाउँमा रमाउन युवायुवती मात्र नभई वृद्धवृद्धा पनि पुगिरहेका हुन्छन्। तर सडक उति सहज छैन। कच्ची सडकका कारण सवारीसाधन चिप्लिने हो कि भन्ने भय उत्तिकै रहन्छ।
 
डाँडाभरि त हिउँ छँदै छ। पारि देखिने स्निग्ध हिमशृंखला अनि बादलको समुद्र दृश्यपान गर्दा यहाँ पुग्ने जोही आनन्दानुभूतिमा रमाउँछन्।
 
सदरमुकाम चरिकोटबाट सवारीसाधनमा करिब १५ किलोमिटर माथि गएपछि कुरी र  त्यहाँबाट पैदल करिब १ घन्‍टामा भगवती मन्दिर पुगिन्छ। यो मन्दिर ३८४२ मिटरको उचाइमा छ।


ट्रेन्डिङ पोस्ट

Ncell