
सप्तरी : जिल्ला प्रहरी कार्यालय सप्तरीले अवैध घरेलु मदिरा उत्पादन गर्ने दुई जनालाई गएराति पक्राउ गरेको छ।
अवैध ढङ्गबाट मदिरा उत्पादन गरेको सूचना थाहा भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले छापा मार्ने क्रममा एक हजार लिटर मदिरा र दुई हजार लिटर कच्चापदार्थसमेत जफत गरेको बुझिएको छ।
सप्तरी जिल्लाको जमुनीमध्येपुरा–१ बस्ने विश्वनाथ साह र महेन्द्र साहको घरमा छापा मार्दा सो घरेलु मदिरासहित उत्पादन गर्ने भाँडाकुँडा तथा मेसिन पनि नियन्त्रणमा लिई कार्वाही प्रक्रिया अगाडि बढाएको छ। साथै अवैध मदिरा कारोबार गर्ने उनीहरु दुवैलाई पक्राउ गरी कानुनबमोजिम कार्वाही गरिएको छ।रासस