PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

राज्यमन्त्री जबेगु भन्छन्- 'स्थानीय तह निर्वाचनको मिति घोषणा माघमै'



पहिलोपोस्ट

उर्लाबारी (मोरङ) : सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले अधिकतम सहमतिमा माघभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा हुने बताएका छन्।


मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घले आज बिहान आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री जबेगुले संविधान संशोधन प्रस्ताव संसद्मा पेस भएसँगै अब मुलुक निर्वाचनतर्फ उन्मुख भएको बताए। देशमा राजनीतिक उपलब्धि हासिल भइसकेकाले अब देशलाई आर्थिक क्रान्तिमा लैजानुपर्ने उनको भनाइ छ।

उर्लाबारी–मधुमल्ला हुँदै पाँचथरको रवीसम्म जोडिने सडकखण्ड निर्माणका लागि विशेष पहल गर्ने पनि राज्यमन्त्री जबेगुले आश्वासन दिए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell