PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

टर्किस एयरलाइन्सको विमान किर्गिस्तानमा दुर्घटना, मृत्यु हुनेको संख्या ३२ पुग्यो



पहिलोपोस्ट

टर्किस एयरलाइन्सको विमान किर्गिस्तानमा दुर्घटना, मृत्यु हुनेको संख्या ३२ पुग्यो

किर्गिजस्तान : हङकङबाट किर्गिजस्तानको राजधानी बिश्केक हुँदै इस्तानबुल उडेको बोइङ ७४७ टिके ६४९१ मालबाहक विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ।
 
किर्गिस्तानको प्रमुख विमानस्थल मानसबाट करिब २५ किलोमिटर नजिकै सोमबार स्थानीय समयअनुसार बिहान ७:३० मा सो टर्किस एयरलाइन्सको सो विमान दुर्घटनामा परेको हो। मृत्यु हुनेमा चार विमानचालक पनि परेका छन्। किर्गिजस्तानका आपत्कालीन सेवा मन्त्रालयका एक प्रवक्ताका अनुसार बाक्लो कुहिरोबीच अवतरण गर्न खोज्दा दुर्घटना भएको हो।

दुर्घटनामा १५ घर क्षतिग्रस्त भएको आपत्कालीन सेवा मन्त्रालयले जनाएको छ। आपतकालीन सेवा केन्द्रका प्रवक्ता मुहम्मद स्भारोभले मृत्युको संख्या बढ्न सक्ने र थप उद्धार र घाइतेको उपचार जारी रहेको बताएका छन्।
 
दुर्घटनापछि केही घरमा पनि आगो लागेको थियो। दुर्घटनापछि मानस विमानस्थल बन्द गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell