PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

तीन दिनदेखि हराएकी युवतीको शव झुन्डिएको अवस्थामा, फोनबाट धम्की दिने पक्राउ



पहिलोपोस्ट

कञ्चनपुर : कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–४ की १७ वर्षीया बिन्दु भट्ट घरबाट हराएको तीन दिनपछि मृत अवस्थामा फेला परकी छन्।
 
घर नजिकैको सिसौ झाडीमा झुन्डिएको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए।

उनको आत्महत्या वा हत्या के भएको भन्नेबारे अनुसन्धान जारी रहेको उनको भनाइ छ। युवतीको घरमा फोन गरेर धम्की दिने दुलैका अरुण कुँवरलाई प्रहरीले पक्राउ गरी सोधपुछ गरेको छ।
 
स्थानीय समाजसेवी विष्णुदत्त जोशीले घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीलाई आग्रह गरेका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell