
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेका लागि निम्ता पाएका पूर्वराजा ज्ञानेन्द्र शाह शीतल निवास छिरेका छन्।
राष्ट्रपति भवनमै भण्डारीकी छोरी निशाकुसुमको बिहे हुने भएको हो। उनका दुलाहा अभिशेष यादव पूर्वराष्ट्रपति रामवरण यादवका नाति हुन्।
शीतलनिवासमा यति बेला चहलपहल बढेको छ तर सुरक्षा व्यवस्था एकदमै कडा बनाइएको छ। बिहेका लागि पूर्वराजा ज्ञानेन्द्रलाई पनि विवाह समारोहमा भाग लिन निमन्त्रणा गरिएको थियो।
लोकतन्त्रपछि राजदरबारको गद्दीबाट हटाइएका ज्ञानेन्द्र गणतन्त्र स्थापनापछि राष्ट्रपति भवन प्रवेश गर्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ।
विवाह समारोहमा विभिन्न दलका नेताहरु, नेपाली सेना तथा प्रहरीका उच्च अधिकारीहरु, विभिन्न देशका राजदूतहरु, कूटनीतिक नियोगका पदाधिकारीहरु लगायतको सहभागिता छ।
सम्बन्धित समाचार
शितल निवासमा पूर्वराजा ज्ञानेन्द्र र राष्ट्रपतिबीच दुई मिनेट कुराकानी