PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

राष्ट्रपति-पुत्रीको बिहेमा चित्रबहादुर केसी हिँडेरै पुगे, पूर्वराजा ज्ञानेन्द्रसहित अरु कोको गए?



पहिलोपोस्ट

राष्ट्रपति-पुत्रीको बिहेमा चित्रबहादुर केसी हिँडेरै पुगे, पूर्वराजा ज्ञानेन्द्रसहित अरु कोको गए?

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाहसँगै राजनीतिक दलका नेता, कूटनीतिक नियोगका पदाधिकारी, कलाकार लगायत शीतलनिवास पुगेका छन्।
 
बिहान १० बजेदेखि नै उनीहरु राष्ट्रपति भवन शीतलनिवास छिर्न सुरु गरिसकेका थिए। पूर्वराजा ज्ञानेन्द्र भने मध्याह्न १२ बजेर ३५ मिनेटमा शीतलनिवास पुगे।
 
विवाहमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजन बाबुराम भट्टराई, प्रधानन्याधीश सुशीला कार्की, एमाले उपाध्यक्ष वामदेव गौतम, राप्रपा अध्यक्ष कमल थापा, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रकवि माधवप्रसाद घिमिरे लगायत शीतल निवास पुगे। चित्रबहादुर केसी भने हिँडेरै गएका थिए।
 
निशाकुसुमको बिहे अभिशेष यादवसँग भएको हो। उनी पूर्वराष्ट्रपति रामवरण यादवका नाति हुन्। शीतलनिवासमा यति बेला चहलपहल बढेको छ। सुरक्षा व्यवस्था भने एकदमै कडा बनाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell