PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

​मतदाता परिचयपत्रमा सलमान खानको फोटो र नाम दुरुपयोग



पहिलोपोस्ट

​मतदाता परिचयपत्रमा सलमान खानको फोटो र नाम दुरुपयोग

सामाजिक संजालमा सेलिब्रेटिहरुको नाममा फेक अकाउन्ट खोलिनु धेरै नौलो विषय होईन। कसैको नाम र फोटोको दुरुपयोग गर्नु साइबर क्राइम मानिए पनि यस्ता कार्यहरु नियन्त्रन कमै हुन्छ। तर सरकारी कागजपत्रमा पनि कुनै सेलिब्रेटिको नाम र फोटोको गलत प्रयोगलाई कसरी लिने?

सुन्दा अचम्म लाग्छ तर भयो त्यस्तै। 

बलिउड स्टार सलमान खानको नाममा भोटर आइडी कार्ड बन्यो। जसमा नाम मात्र होइन फोटो र बुबाको नाम पनि दुरुस्तै छ। परिचयपत्रमा उल्लेख गरिएको उमेर भने ६४ वर्ष छ। जब कि सलमान खानले गत डिसेम्बरमा मात्र ५१ ‌औं जन्मदिन मनाएका हुन्।



सो नक्कली मतदाता परिचय पत्र हैदारावाद नगरपालिकाको चुनावका लागि बनाइएको टाइम्स अफ इन्डियाले जनाएको छ। सलमान खानसँग नाम र बुबाको नाम मिल्नु सामान्य भएपनि फोटो दुरुपयोग भएको चाही निश्चित हो। सो परिचय पत्र ट्रोलको लागि मात्र बनाइयो वा चुनावमा भोट खसाल्न लागि पनि प्रयोग गरियो भन्ने खुलेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell