PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

प्रियंका चोपडाको फिल्‍ममा 'मेरी बास्सै'की नानु छानिइन्



पहिलोपोस्ट

प्रियंका चोपडाको फिल्‍ममा 'मेरी बास्सै'की नानु छानिइन्

काठमाडौं: बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गर्ने नेपाली फिल्म 'पाहुना'को मुख्य भूमिकामा सिक्किमकी मन्जु केसी क्षेत्री छानिएकी छिन्।  अडिशन मार्फत मन्जु मुख्य भुमिकामा छानिएकी हुन्।

उनी टेलिसिरियल मेरी बास्सैमा खड्काजी (सीताराम कट्टेल) को दोस्रो श्रीमतीको भूमिकामा देखिएकी थिइन्। त्यसमा उनले नानु बनेर सिक्किमकै लवजमा अभिनय गरेकी थिइन। नेपाली मोडलिङ र फिल्महरुमा अवसरका लागि नेपाली भाषा सुधार्ने बताउँदै आएकी मन्जु अन्तत: बलिउड नायिकाको निर्माण रहने नेपाली भाषाको फिल्ममा मुख्य अभिनेत्रीको भूमिका पाइन्।

पर्पल पेबलको ब्यानरमा बन्न लागेको फिल्म 'पाहुना'मा राजनीतिक अस्थिरताका कारण परिवारबाट अलग्गिएका बालबालिकाको कथा उठाउने बताइएको छ। फिल्म पाखी ए टायरवालाको निर्देशनमा बन्दै छ। फिल्म युनिट मार्चको पहिलो साता सुटिङका लागि फ्लोरमा निस्कने जनाइएको छ। फिल्मको छायांकन सिक्किममै हुनेछ। उनीसँगै सिक्किमका अन्य पाँच कलाकार लागि चयन भएका छन्।


उनको अभिनय यात्रा मेरी बास्सैबाट नै सुरु भएको हो। त्यसपछि उनले हिन्दी फिल्म 'ड्याड'मा पुलिस इन्सपेक्टरको भूमिका निर्वाह गर्ने अवसर पाइन्। विभिन्न विज्ञापनमा पनि देखिएकी उनले दूरदर्शनबाट प्रशारण हुने सिरियल 'सम्पूर्ण'मा पनि अभिनय गर्दै आएकी छिन्।

सिक्किम रङ्गलीकी स्थानीय मन्जु हाल गान्तोकमा रहेर काम गर्छिन्। सन् २०१३ मा सिक्किमबाटै एमबिए सक्काएकी उनी व्यवसायमा पनि संलग्न छिन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell