PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

ठगीको नयाँ शैली : बिस्कुट थुक्दै लुट्दै



पहिलोपोस्ट

ठगीको नयाँ शैली : बिस्कुट थुक्दै लुट्दै

काठमाडौं : ठगीका अनेक शैली भनेझैं हिजोआज फरक फरक शैली अपनाएर ठगी गर्नेहरु राजधानीमा सलबलाएका छन्। प्रहरीले यस खाले व्यक्ति पक्राउ गरे पनि छुटेपछि पुन: नयाँ शैली अपनाएर पुरानै धन्दामा लाग्ने गरेको पाइएको छ।
 
राजधानीका विभिन्न स्थानमा यस्तै नौलो तरिकाले ठगी गर्ने गिरोह सक्रिय छन्। गिरोह प्रहरीको टाउको दुखाइ बनेको छ।
 

बिस्कुट थुक्ने शैली

राजधानीमा यस्तो एउटा गिरोह सक्रिय छ, जुन गिरोहले विभिन्न स्थानमा पुगेर धेरै रकम, सुन र धनमाल लिएर हिँड्ने व्यक्तिको पहिचान गर्छ। त्यसपछि गिरोहमा संलग्नहरु तिनै व्यक्तिको पछि लाग्ने गर्छन्। भिडभाडमा पुगेपछि ठगहरु बिस्कुट चपाउन थालिहाल्छन्। धनमाल र पैसा लिएर हिँड्ने व्यक्तिको पछि लाग्ने तिनै ठगले चपाएको बिस्कुट थाहा नपाउने गरी जिउमा थुकिदिन्छन्। र, केही बेरमा शरीरमा फोहोर लागेको भन्दै सफा गर्नका लागि पानी उपलब्ध गराउँछन्। झोला एकातिर राखेर सफाइमा लागेकै अवस्थामा ठगहरु झोला टिपेर फरार हुन्छन्।
 
केही समयअघि चोरीका मुद्दामा जेल परेर छुटेका युवाहरु नै यस्तो ठगीको नयाँ शैलीमा लागेको आशंकामा खोजी कार्य जारी राखिएको महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी नवराज कार्कीले बताए। अहिले वृत्तमा ६ जनाबाट यसरी ठगिएको बारे उजुरी परेको छ। महानगरीय प्रहरी वृत्त बौद्धमा पनि ५ जनाले यस्तै खाले उजुरी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell