PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

दक्षिण एसियाली सेपाकताक्रो तेस्रो संस्करण अर्को वर्ष नेपालमा हुने



पहिलोपोस्ट

काठमाडौँ : दक्षिण एसियाली सेपाकताक्रो महासङ्घको चौथो बैठकले दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपको तेस्रो संस्करण नेपालमा आयोजना गर्ने निर्णय गरेको छ।
 
श्रीलङ्काको कोलम्बोमा महासङ्घका अध्यक्ष सीताराम मास्केको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए।

उनका अनुसार प्रतियोगिता २०१८ को जनवरी १८ तारिखदेखि सञ्चालन हुनेछ। पहिलो संस्करण पनि नेपालले नै भएको थियो।
 
प्रतियोगिताको दोस्रो संस्करण कोलम्बोमा आइतबार मात्र सम्पन्न भएको थियो। पाँच राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपालले पुरुष/महिला डबल्स र रेगु गरी चार स्पर्धामा भाग लिएको थियो। सबै खेलमा नेपालले रजत पदक हात पारेको थियो।
 
बैठकले नेपालमै हुने १३औँ दक्षिण एसियाली खेलकुदमा सेपाकताक्रोलाई समावेश गर्न सम्बन्धित सबै राष्ट्रले पहल गर्ने निर्णय समेत गरेको छ। उक्त बैठकले राखेप सदस्य–सचिव केशवकुमार विष्टलाई महासङ्घको उपाध्यक्षमा मनोनीत गरेको छ। यसअघि सदस्य–सचिव विष्ट महासङ्घको सदस्य थिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell