
काठमाडौँ : नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नायब प्रमुख कार्यकारी अधिकृतमा बन्दना पाठकलाई नियुक्त गरेको छ। बैंकले पुस १५ गतेदेखि लागु हुनेगरी पाठकलार्इ नियुक्त गरेको हो।
पाठकले नेपाल बंगलादेश बैंकबाट क्यारियर सुरु गरेकी थिइन्। अर्थशास्त्र प्रथम श्रेणीमा स्नातकोत्तर गरेकी पाठक पछिल्लो दश बर्ष देखि एनसीसी बैंकमा नायब प्रवन्धकको रुपमा कार्यरत रहेकी थिइन्।
सहायक पदबाट बैंकिङ क्षेत्रमा सेवा सुरु गरेकी पाठक मुलुकको निजी क्षेत्रको वाणिज्य बैंकमा नायब प्रमुख कार्यकारी तहमा पुग्ने पहिलो महिला भएको बैंकको दावी छ। नायब प्रमुख कार्यकारी बैंकको 'सेकेण्ड पोजिसन'को काम हो।
फोटो : बन्दनाको फेसबुकबाट