PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

बच्चा जन्माएको दुई महिनापछि करिना कपूर काममा फर्कंदै



पहिलोपोस्ट

बच्चा जन्माएको दुई महिनापछि करिना कपूर काममा फर्कंदै

विवाह वा बच्चा जन्माएपछि धेरै नायिका कलाकारिताबाट हराउँछन्। तर गर्भावस्थामा पनि विज्ञापन र प्रेस सम्मेलन मार्फत मिडिया फेस गरिन् बलिउड नायिका करिना कपूरले। उनले सोही अवस्थामा रहेर पनि उनले फेशन स्टेटमेन्ट सार्वजनिक गरिन्।

उनले गत डिसेम्बर २० मा छोरालाई जन्म दिइन्। बच्‍चा जन्माएको एक महिना पनि नहुँदै उनले आफ्नो फिल्मी कमब्याक घोषणा गरेकी छिन्। दुई महिना मात्र ग्याप लिएर उनी पुन: काममा लाग्ने भएकी हुन्। एक फेशन कार्यक्रमको र्‍याम्पमा उनी देखिदैछिन्।

करिना मुम्बईको एक फेशन डिजाइनरको लुगामा प्रस्तुत हुने बलिउड हंगामाले जनाएको छ। आउँदो मार्चबाट भने उनी फिल्म छायँकनका लागि फ्लोरमा निस्कनेछिन्। 'भिरे दि वेडिङ'मा उनी सोनम कपूर र स्वारा भास्करसँग स्क्रिन सियर गर्दैछिन्। २०१६मा उनको उड्दा पंजाव र कि एण्ड का सार्वजनिक भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell