
काठमाडौं : पुतलीसडकमा रहेको मेलोडी डान्सबारका २ जना कर्मचारीले रेष्टुरेन्टमा आगो लगाएर फरार भएका छन्।
पुतलीसडकमा रहेके डाउन टाउन सुपर मार्केटको पहिलो तलामा रहेके डान्सबारमा सोही रेष्टुरेण्टमा काम गर्ने दिपक र अजयले आगो लगाइदिएका थिए।
प्रहरीका अनुसार उनीहरुले रेष्टुरेण्टको पर्दामा आगो लगाउँदा रेष्टुरेण्ट पुरै जलेर ६ लाखको क्षति भएको छ। स्थानियवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए। प्रहरीले अजय र दिपकको खोजी गरिरहेको जानकारी दिएको छ।