PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

​सोलारको तारबाट आगलागी हुँदा सात लाख रुपैयाँ बराबरको क्षति



पहिलोपोस्ट

खोटाङ : बाँझेच्यानडाँडा–२ बस्ने महेश गुरुङको घरमा आगलागी हुँदा करिब रु सात लाखभन्दा बढीको क्षति भएको छ। 

सोलारको तारबाट सोमबार दिउँसो ३ बजेतिर अचानक आगलागी हुँदा गुरुङको नगद रु १५ हजार, एक तोला सुन, घर तथा घरभित्र भएको सम्पूर्ण सामानसमेत जल्दा करिब रु सात लाखभन्दा बढीको क्षति भएको हो। 

घरमा कोही नभएको समयमा अचानक लागेको आगो स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरी चौकी चिउरीडाँडाले जनाएको छ। आगलागीबाट घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेपछि गुरुङ परिवार बिचल्लीमा परेका छन्। 

आगलागीबाट क्षतिको मुचुल्का तयार गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ। आगलागी पीडित परिवार अहिले आफन्तकोमा आश्रय लिएर बसिरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell