PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​विद्यालयको लापरबाहीले २२ विद्यार्थी एसएलसीे ग्रेडिङ परीक्षा दिनबाट बञ्चित



पहिलोपोस्ट

काठमाडौँ : विद्यालयको लापरबाहीका कारण २२ जना विद्यार्थीहरु एसएलसीे ग्रेडिङ परीक्षा दिनबाट बञ्चित भएको घटनाबारे शिक्षा क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले चिन्ता प्रकट गरेको छ। 

निर्धारित समयमा विद्यालयले राजस्वको रकम बैंक खातामा जम्मा नगरेकाले बाग्लुङ जिल्लाको ज्ञानेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीलाई परीक्षा दिन नसक्ने अवस्था सिर्जना भएकोमा यस्ता किसिमका विद्यालय वा शिक्षकको लापरबाहीले अबोध बालबालिका शिक्षाको अधिकारबाट वञ्चित भएको सो सञ्जालले जनाएको छ। 

विद्यार्थीको सुनौलो भविष्यमाथि नै खेलवाड भएको र विद्यालय शान्ति क्षेत्रको मर्म र भावनामा आघात परेको भन्दै एनसिइ नेपालका अध्यक्ष कुमार भट्टराईले आज जारी गरेको विज्ञप्तिमा सोको भागिदार विद्यार्थीलाई बनाउँदा राज्यले उनीहरुमाथि अन्याय गरेको ठहरिने भएकाले समयमै सरकारद्वारा ठोस कदम चाली आगामी दिनमा यस्ता किसिमका गतिविधि दोहोरिन नदिन र दोषीलाई कारबाही गर्न माग गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell