PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​भारतीय दूतावासद्धारा भूपू सैनिक बिद्यालयलाई बस सहयोग



पहिलोपोस्ट

रामपुर (पाल्पा) : भूपू सैनिक राइजिङ इङ्गलिस स्कुल, रामपुर पाल्पालाई एउटा बस सहयोगस्वरुप प्राप्त भएको छ । भारतीय राजदूतावास, काठमाडौँले ३३ सिट क्षमता रहेको विद्यार्थी बोक्ने बस सहयोग गरेको हो। 

टाढाका विद्यार्थीलाई दैनिक आवतजावत गर्न समस्या भएपछि स्कुलसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले भारतीय राजदूतावास काठमाडौँ नेपालले बस सहयोग गरेको बताइएको छ। 

टाढाटाढाबाट विद्यालय आवतजावतमा विद्यार्थीलाई समस्या परेपछि विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, शिक्षक लगायतको पहलमा बस सहयोग प्राप्त भएको विद्यालयका अध्यक्ष क्याप्टेन देवबहादुर थापा मश्राङ्गीले बताए। 


प्रहरी चौकी भवन निर्माण सुरु 

यसैबीच, रामपुर नगरपालिकाको गण्डकीढिकमा केलादी प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु भएको छ । नेपालकै पुरानो यस केलादी प्रहरी चौकीको स्तरोन्नति र सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सुविधा सम्पन्न पक्की भवन निर्माण कार्य सुरु भएको छ। 

सरकारको रु एक करोड १८ लाख २७ हजारको लागतमा नयाँ पक्की भवन निर्माण हुने भएको छ । दुईतले आवास, हिरासत, शौचालय, ब्यारेक सहितको पक्की भवन बन्न लागेको हो । भवन अभावमा अस्थायी रुपमा सेवा दिन यस प्रहरी चौकीबाट समस्या परेपछि नयाँ पक्की भवन बनाउन लागिएको प्रहरी चौकीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell