PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​पारिवारिक झगडा बढ्दो : सात महिनामा ९८० ले गरे सम्बन्ध विच्छेद



पहिलोपोस्ट

​पारिवारिक झगडा बढ्दो : सात महिनामा ९८० ले गरे सम्बन्ध विच्छेद

काठमाडौं : यस बर्ष सात महिनाको अवधिमा पाँच लाख ८४ हजार तीनसय ५२ जनाले व्यक्तिगत घटना दर्ता गराएका छन्। केन्द्रीय पञ्जीकरण विभागअन्तर्गत वडा, गाविस, नगरपालिका र जिल्ला कार्यालयमा गएर जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेदका घटना दर्ता भएका हुन्। 

विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले वैशाख महिनादेखि कात्तिक महिनासम्म उक्त संख्यामा व्यक्तिगत घटना दर्ता गरेको जानकारी दिए। उनले भने ‘व्यक्तिगत घटना दर्ताले वर्षमा कति मानिस जन्मन्छन, कति व्यक्तिले विवाह गर्छन, कति व्यक्ति मर्छन, कति व्यक्ति बसाइँसराइ गर्छन् र कति व्यक्तिले सम्बन्धविच्छेद गर्छन् भन्ने कुरा सजिलै थाहा पाउन सकिन्छ ।’

विसं २०७३ को कात्तिक मसान्तसम्म तीन लाख ८९ हजार चारसय ५० जन्म, ५८ हजार नौ सय ३७ मृत्यु, ९९ हजार १३ विवाह, ३५ हजार नौ सय ७२ बसाइँसराइ र नौ सय ८० जनाले सम्बन्धविच्छेदको घटना दर्ता गरेको सुवेदीले बताए। 

विसं २०७२ मा नौ लाख २५ हजार एक सय ७४ जनाले व्यक्तिगत घटना दर्ता गरेका थिए । विसं २०३४ सालमा गृह मन्त्रालयबाट १० जिल्लाबाट सुरु गरिएको व्यक्तिगत घटना दर्ता कार्यक्रम २०४७ देखि मुलुकभर लागू गरिएको थियो भने विसं २०५० सालदेखि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत दर्ता गर्ने गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell