PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

नागढुंगा नाकाबाट साढे ८ केजी चरेस सहित एक जना पक्राउ



पहिलोपोस्ट

नागढुंगा नाकाबाट साढे ८ केजी चरेस सहित एक जना पक्राउ

काठमाडौं : प्रहरीले साढे ८ केजी चरेससहित एक जनालाई नागढुंगा नाकाबाट पक्राउ गरेको छ।
 
आज बिहान पोखरबाट काठमाडौं आउँदै गरेको ग १ ख ३६७८ नम्बरको बसमा रहेका बाग्लुङका ५० वर्षीय जुद्ध बनलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी कृष्ण पंगेनीले जानकारी दिए। बस चेकजाँचको क्रममा झोलामा लुकाइरहेको अवस्था चरेसका पोका पक्राउ गरेको उनले बताए।
 
पक्राउ परेका बमले आफूलाई भरिया भने पनि उनी नियमित चरेसको ओसारपसारमा लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। बाग्लुङबाट काठमाडौं चरेस ल्याएर सम्बन्धित व्यक्तिलाई दिएबापत उनले २० हजार रुपैयाँ पाउँथे। कसले किन चरेस मगाएको भन्ने विषयमा भने अनुसन्धान भइरहेको डिएसपी पंगेनीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell