PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

डिभोर्सपछि पनि टुटेन छवि-रेखाको भिडन्त, किन टक्कर लिन चाहन्छिन् रेखा?



पहिलोपोस्ट

डिभोर्सपछि पनि टुटेन छवि-रेखाको भिडन्त, किन टक्कर लिन चाहन्छिन् रेखा?

काठमाडौं : निर्माता छविराज ओझा र अभिनेत्री रेखा थापाबीच प्रतिस्पर्धा हुने भएको छ। उनीहरुले फिल्मको 'रिलिज डेट' एकै समयका लागि घोषणा गरेकाले फिल्मी प्रतिस्पर्धा चल्ने भएको हो। 

छविको निर्माण रहने फिल्म 'मङ्गलम'को प्रदर्शन मिति २०७४ को दसैंअगाडि  तोकिएसँगै रेखाले पनि आफ्नो फिल्म 'रुद्रप्रिया' दसैंअघि नै सार्वजनिक गर्ने घो घोषणा गरेकी छन्।
 
‘कसले चोर्‍यो मेरो मन फेरि’ निर्माणको घोषणा गरेकी रेखाले सो प्रोजेक्ट सुरु नगरी नयाँ फिल्म बनाउने बताएकी हुन्। रुद्रप्रियाको घोषणा गरे पनि फिल्म प्रोडक्सनमा निस्किएको छैन। यसमा उनी तीन निर्देशकहरुसँग टिमअप गर्दैछिन्। ‘प्रेमगीत’का निर्देशक सुदर्शन थापा, ‘मुखौटा’ निर्देशक तथा अभिनेता अर्पण थापालाई नायकको रुपमा रेखाले अनुबन्धित गरेकी छिन्। त्यसतै ‘माला’ निर्देशक सुदिप भुपालले रुद्रप्रिया निर्देशन गर्नेछन्। फिल्मका लागि रेखा स्वयं मुख्य नायिकाको रुपमा रहनेछिन्।
 
छविको फिल्ममा नायिका शिल्पा पोखरेलले सहनिर्मात्रीको रुपमा डेब्यु गर्दैछिन्। मङ्गलममा उनी नै मुख्य अभिनेत्री समेत रहनेछिन्। फिल्मको सोमबार शुभ साइत गरियो। फिल्मको छायांकन भने माघ ७ देखि सुरु हुने ओझाले बताए।
 
के छविसँग प्रतिस्पर्धाकै लागि रेखाले नयाँ फिल्म घोषणा गरेकी हुन् त? 'कसले चोर्‍यो मेरो मन फेरि'को काम नै नथाली किन नयाँ फिल्म बनाउने निर्णय लिएकी छिन्। छविसँग उनी अझै टक्कर लिन चाहन्छिन्? नेपाली सिने दुनियाँमा चर्चा चल्न थालेको छ। फोटो : screennepal



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell