PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

बस दुर्घटनामा घाइते दुई जनाको वीर अस्पतालमा मृत्यु



पहिलोपोस्ट

मलेखु (धादिङ) : खचाखच यात्रु लिएर सदरमुकाम धादिङबेँसीबाट खाल्टेतर्फ जाँदै गरेको यात्रुबाहक दुर्घटनामा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।
 
उपचारका क्रममा पञ्चकन्या माविका शिक्षक ४५ वर्षीय माधव अधिकारी र खाल्टे निवासी पाँच वर्षीय सन्तोष जमकट्टेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए। सोमबार बेलुका भएको दुर्घटनापछि जिल्ला अस्पतालमा उपचार हुन नसकी काठमाडौँ पठाइएकामा वीर अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो।
 
धादिङ यातायात व्यवसायी सङ्घमा आबद्ध बा३ख ८२६३ नंको बस खाल्टेको पतेनी गाउँको फेदीमा बस दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएकामध्ये २४ जनालाई जिल्ला अस्पतालमा उपचारका लागि सदरमुकाम ल्याइएकामा १६ घाइतेलाई थप उपचारका लागि काठमाडौँ वीर अस्पतालको ट्रमा सेन्टरमा पठाइएको थियो। सामान्य घाइते १० जनाको खाल्टेमै स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ।
 
घटनास्थल सदरमुकामबाट पूर्वतर्फ रहेको १५ किमीको दूरीमा साँघुरो कच्ची सडक भएको ठाउँमा पर्छ। घुम्ती सडक, पुरानो गाडी र रातिको समयमा क्षमताभन्दा धेरै यात्रु राख्नाले दुर्घटना भएको बताइएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell