PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

एमाले नेता पोखरेल भन्छन्, 'निर्वाचन हुन नदिनकै लागि सरकारले संशोधन प्रस्ताव ल्यायो'



पहिलोपोस्ट

एमाले नेता पोखरेल भन्छन्, 'निर्वाचन हुन नदिनकै लागि सरकारले संशोधन प्रस्ताव ल्यायो'

विराटनगर : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले निर्वाचनका लागि आवश्यक कानुनको पनि निर्माण नभएका अवस्थामा निर्वाचनको तिथि घोषणा गर्दैमा निर्वाचन हुन नसक्ने बताएका छन्।
 
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधनको प्रस्तावका सम्बन्धमा पार्टीको पुरानै अडान कायम रहेको बताए। निर्वाचन गराउने सरकारको मनशाय नरहेको कारण सो प्रस्ताव ल्याइएको उनले जिकिर गरे।
 
'यदि सरकारले निर्वाचन गराउन खोजेको छ भने संविधान संशोधन विधेयक फिर्ता लिनुपर्छ वा स्थगन गरी निर्वाचनका लागि आवश्यक कानुन निर्माणतर्फ अग्रसर हुनुपर्छ,' नेता पोखरेलले भने। संविधान निर्माणको बेलामा जसरी प्रमुख तीन दलबीच एकता थियो सोही अनुरुपको एकता संविधान कार्यान्वयनका लागि पनि हुनुपर्ने उनको भनाइ छ।
 
स्थानीय निकाय पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदनकै आधारमा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा पनि उनले जोड दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell