PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

चैतमा चुनाव असम्भव, माघ १५ भित्रै ऐनकानुन पाएमात्र जेठमा गर्न सकिन्छ : निर्वाचन आयुक्त



पहिलोपोस्ट

चैतमा चुनाव असम्भव, माघ १५ भित्रै ऐनकानुन पाएमात्र जेठमा गर्न सकिन्छ : निर्वाचन आयुक्त

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले माघ १५ गतेभित्रै निर्वाचन आयोगलाई ऐनकानूनहरु दिएमात्रै जेठको पहिलो हप्ता स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन्।
 
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त डा. यादवले नेताहरुको फरक फरक भनाइले आफू चकित भएको बताए। ‘अहिले स्थानीय तहको निर्वाचनको बारेमा कसैले चैतमा चुनाव हुने भनेका छन्, कसैले बैसाखमा। कसैले जेठमा गर्ने कुरा आइरहेका छ, यसबाट आयोग अचम्मित बनेको छ,' उनले भने।
 
चैतमै  चुनाव हुन नसक्ने उनको भनाइ छ। बैसाख २८/२९ गते निर्वाचन सुरु गर्ने हो भने जेठको पहिलो हप्तासम्म निर्वाचन सम्पन्न गर्न सकिने भन्दै यादवले आयोगले अहिले पुरानै ऐनकानुन अनुसार काम गरिरहेको जनाए।
 
‘निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुनुपर्छ, आयोगले प्रतिवेदन दियो भने र १६५ वटै निर्वाचन क्षेत्र निर्धारण भएर अघि बढियो भने आयोगलाई आपत्ति छैन,' डा. यादवले भने, 'राजनीतिक दलले इच्छाशक्ति देखाए भने तीन वटै निर्वाचन समयमै गर्ने सकिन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell