PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

राष्ट्रिय हक्की प्रतियोगिता चैतदेखि जनकपुरमा हुने



पहिलोपोस्ट

धनुषा : सत्रौं राष्ट्रिय पुरुष तथा दोस्रो राष्ट्रिय महिला हक्की प्रतियोगिता जनकपुरमा हुने भएको छ।
 
नेपाल हक्की सङ्घ तथा अन्य सङ्घ संस्थाको सहयोगमा आउँदो चैत १४ देखि १९ गतेसम्म जनकपुरको रङ्गभूमि मैदान बाह्रबिगाहामा प्रतियोगिता हुने भएको हो।
 
मङ्गलबार रिपोर्टर्स क्लब जनकपुरमा भएको पत्रकार सम्मेलनमा धनुषा हक्की सङ्घको उपाध्यक्ष अमित झाले प्रतियोगितामा पुरुष तर्फ नेपालको पाँच विकास क्षेत्रका पाँचवटा टोली र नेपाली सेनाको टोली गरी ६ वटा टोली तथा महिलातर्फ चारवटा क्षेत्रीय टोली र नेपाली सेनाको महिला टोली गरी पाँचवटा टोलीको सहभागिता रहने जानकारी दिए।
 
स्थानीयस्तरमा धनुषामा यसअघि चारवटा हक्की प्रतियोगिता भइसकेका छन्। तर यसपालि राष्ट्रिय स्तरमा पहिलो पटक प्रतियोगिता हुन लागेको हो।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell