PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

कृषि विकास बैंकले पनि ग्राहकलाई मोबाइल बैंकिङ सेवा दिने



पहिलोपोस्ट

कृषि विकास बैंकले पनि ग्राहकलाई मोबाइल बैंकिङ सेवा दिने

काठमाडौं : कृषि विकास बैंकले आफ्ना ग्राहकका लागि मोबाइल बैंकिङ सेवा दिने भएको छ। बैंकले मोवाइल बैंकिङ सेवा सञ्चालनका लागि एफवान सफ्ट इन्टरनेशनलसँग सम्झौता गरेको छ।
 
बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाको उपस्थितिमा सम्झौतापत्रमा बैंकका तर्फबाट बजार तथा शाखा व्यवस्थापन विभागका प्रमुख प्रेमकुमार श्रेष्ठ तथा एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत  सुवास शर्माले हस्ताक्षर गरेका थिए।
 
बैंकले आफ्ना ग्राहकलाई एडिबिएल स्मार्ट बैंकिङ नामक मोबाइल बैंकिग सेवा उपलब्ध गराउने छ। बैंकको आवश्यकताअनुसार एफवान सफ्टले सफ्टवेयर तयार गरेको कम्पनीले जारी प्रेस विज्ञिप्तिमा छ। यो सेवा सुरक्षित, भरपर्दो तथा हालसम्म नेपालका अन्य बैंकमा प्रयोग नभएको सुरक्षा प्रणाली र यस मार्फत हुने वित्तिय कारोबारलाई थप सुरक्षित गर्न ओटिपिको व्यवस्था समेत रहेको बैंकले जनाएको छ।
 
ग्राहकले नयाँ सेवा लिन एडिबिएल स्मार्ट बैंकिङमार्फत वा अनलाइनमा नै आवेदन फारम भर्न सक्ने, बैंक कर्मचारीको संलग्नतालाई लगभग शून्य पारिएको तथा पाँच तहको सुरक्षा प्रणाली अवलम्बन गरिएको बैंकले जनाएको छ।
 
हरेक कारोबारको सूचना प्राप्त हुने, रकम ट्रान्सफर गर्न सकिने, स्टेटमेन्ट तथा चेकबुक अनुरोध गर्न सकिने, चेक तथा डेविट कार्ड आदि रोक्का गर्ने सकिने, कर्जाको साँवा तथा व्याज भुक्तानी सम्बन्धी जानकारी लिन सकिने लगायतका अन्य सुविधा उपलब्ध भएको साथै यस वर्ष नै सेवा लिने ग्राहकलाई बार्षिक शुल्क नलाग्ने समेत बैंकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell