
काठमाडौं : तरकारी काट्ने चक्कुले हानेर श्रीमानको हत्या गरेको अभियोगमा सरस्वती तामागं पक्राउ परेकी छिन्। ४२ वर्षका सुमन तामाङको हत्या अभियोगमा ४१ वर्षिय सरस्वती पक्राउ परेकी हुन् ।
प्रहरीका अनुसार घरायसी विवादकोक्रममा तामाङले गौरीघाटमा रहेको डेरामा सोमबार श्रीमानलाई तरकारी काट्ने चक्कुले हानेकी थिइन् ।
चक्कु लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेल्पिङ ह्याण्ड अस्पताल चाविहल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । प्रहरीले उनलाई हत्या अभियोगमा हिरासतमा राखेर अनुसन्धान प्रकृया अगाडि बढाएको जानकारी दिएको छ।
सांकेतिक तस्विर : www.ndtvimg.com