PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

कमल थापाको दावी : चीनसँगको सम्झौता कार्यान्वयन नगर्दा भारतनिर्भर बन्यौ



पहिलोपोस्ट

कमल थापाको दावी : चीनसँगको सम्झौता कार्यान्वयन नगर्दा भारतनिर्भर बन्यौ

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफै सहभागि सरकारको नेतृत्वप्रति गुनासो गरे। गतवर्ष आफू सहभागि ओली नेतृत्वको सरकारले गरेको चीनसँगको सम्झौता कार्यान्वयन नगरेको भन्दै आलोचना गरे।

'गत वर्ष केपी शर्मा ओली नेतृत्वमा सरकार हुँदा म उपप्रधान तथा परराष्ट्रमन्त्री थिँए, सम्बन्ध सुधारमा हामीले सक्दो प्रयास गरेका हौ' थापाले भने, 'त्यसलाई कार्यान्वयन गर्ने दायित्व अहिलेको सरकारको हो तर, सरकारको नेतृत्वले त्यो दायित्व निर्वाह गरिरहेको छैन।'

नेपाल- चीन थिङ्कट्याङ्कहरुको सम्मेलनमा बोल्दै उनले चीनसँगको सम्झौता कार्यान्वयन नगर्दा भू-परिवेष्ठित नेपाल  भारतवेष्ठित अबस्थामा बस्न बाध्य भएको बताए।

'कनेक्टीभीटी' र 'ट्राण्जिट तथा ट्रान्सपोर्ट' सम्बन्धि सम्झौता कार्यान्वय गरे देशको अववस्था फेर्न सहयोग पुग्ने भन्दै उनले सरकार त्यता केन्द्रित नदेखिएको गुनासो गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell