PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

बामदेव गौतमको दावी : सबै दल मिले पनि अबको चुनावमा एमाले पहिलो



पहिलोपोस्ट

बामदेव गौतमको दावी : सबै दल मिले पनि अबको चुनावमा एमाले पहिलो

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सबै राजनीतिक दल मिले पनि अबको निर्वाचनमा एमाले पहिलो हुने दावि गरेका छन्।
 
अनेरास्ववियुद्वारा सञ्चालित सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि अभियान–२०७३ को उद्घाटन गर्दै गौतमले एमालेको जोड सरकारभन्दा पनि निर्वाचन रहेको दावी समेत गरे।
 
सत्तारुढ दलले संविधान संशोधन विधेयक पारित गराउने सर्तमा सरकारमा सहभागी गराउने भनेर फकाउने प्रयास गरिरहेको उनको दावी थियो।
 
उनले प्रधानमन्त्री र सरकारको लोभमा नपरी देशलाई विखण्डन हुने कुनै पनि विधेयक पारित गराउन नदिने दावी समेत गरे।

राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell