PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

मतदाता कार्ड नदेखाएसम्म श्रीमानसँग नसुत्न केन्याली महिला सांसदको अपिल



पहिलोपोस्ट

मतदाता कार्ड नदेखाएसम्म श्रीमानसँग नसुत्न केन्याली महिला सांसदको अपिल

केन्याकी एक महिला सांसदले श्रीमानले मतदाता सूचीमा नाम दर्ता नगरेसम्म सेक्स बहिष्कार गर्न अपिल गरेकी छिन्। केन्यामा ८ अगस्टमा निर्वाचन हुँदैछ भने फेब्रुअरी १७ सम्म नाम दर्ता गर्नुपर्नेछ।

केन्याकी  सांसद मिशि मबोकोले श्रीमानले जबसम्म कार्ड देखाउँदैनन् तबसम्म सम्भोग बहिष्कार गर्न अपिल गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ। मबोको केन्याको तटीय सहर मोम्बासाबाट महिला प्रतिनिधि हुन्।

'महिलाले यो रणनीति अपनाउनुपर्छ, यो नै उत्तम हो,' उनले भनिन् 'जबसम्म उनीहरुले आफ्नो भोटर कार्ड देखाउँदैनन् उनीसँग सम्भोग अस्विकार गरिदेऊ।' उनले सेक्स महिलाको सबैभन्दा ठूलो हतियार रहेको र यसको प्रयोगले मदाताको रुपमा नाम दर्ता गर्न अनिच्छुक व्यक्ति पनि नाम दर्ताका लागि प्रोत्साहित हुने उल्लेख गरेकी छिन्।

उनले बहिष्कारको असर आफ्नो श्रीमानमा भने नपर्ने बताएकी छिन्। 'यसको असर मेरो श्रीमानमा पर्दैन किनकि उनले पहिला नै नाम दर्ता गरिसकेका छन्,' उनले भनिन्।

केन्यामा वर्तमान राष्ट्रपति उहुरु केनयाट्टा दोस्रो कार्यकालका लागि पुन उम्मेदवार हुँदैछन्। धेरैले मतदाताका रुपमा नाम दर्ता गराए विपक्षी गठबन्धनको चुनाव जित्ने सम्भावना कम हुने उनको विश्लेषण छ।

केन्यामा सम्भोग बहिष्कारको अपिल सामान्य विषय हो। सन् २००९ मा सामाजिक कार्यकर्ताहरुले एक हप्तासम्म सेक्स हड्ताल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell