PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​विवादबीच उच्च अदालतका न्यायाधीशको सपथ तय, १ बजे सपथ



पहिलोपोस्ट

​विवादबीच उच्च अदालतका न्यायाधीशको सपथ तय, १ बजे सपथ

काठमाडौं : उच्च अदालतका लागि नियुक्त ८० न्यायाधीशको आज सपथ हुने भएको छ। पुस २८ गते सिफारिसमा परेका सवै न्यायाधीशले सोमवार नै नियुक्तिपत्र बुझिसकेका छन्। न्याय परिषद् सचिवालयले बुधवार दिउँसो १ बजे सपथ कार्यक्रम तय गरेको छ।
 
नेपाल बार एशोसिएसन, सरकारी वकिल तथा राजनीतिक दलहरुको समेत बिरोधका बीच प्रधानन्यायाधीश सुशील कार्कीले नवनियुक्त न्यायाधीशको सपथ कार्यक्रम तय गरेकी हुन्।

प्रधानन्यायाधीश कार्कीको उपस्थितीमा उच्च अदालतका मुख्य न्यायाधीशले उनीहरुको सपथ गराउनेछन्।

पुस २८ गते मध्यरातसम्म लगाएर परिषदले उच्च अदालतका लागि ८० जना न्यायाधीश सिफारिस गरेको थियो।
 
सिफारिससँगै परिषद अध्यक्ष तथा प्रधानन्यायाधीश सुशीला कार्कीले सोही दिन सिफारिसमा परेका न्यायाधीशको पदस्थापन गरेकी थिइन।
 
परिषदको सिफारिसलाई नेपाल बार एशोसिएसनले हतास मनस्थितीको उपज भन्दै फिर्ता लिन माग गरेको थियो। बारले निर्णय प्रक्रिया सच्याउन माग गरेको थियो।
 
यस्तै, सरकारी वकिल समुहले पनि नियुक्तिमा भेदभाव भएको भन्दै सच्याउन माग गरेको थियो । नियुक्ति प्रक्रिया नसच्याए अदालतमा बहस बहिस्कार गर्ने उनीहरुको चेतावनी थियो। सर्वपक्षीय विरोधबीच सपथ कार्यक्रम तय भएको हो।
 
राजनीतिक तथा कर्मचारीहरुबाट मात्र नभई नियुत्तिप्रति परिषद सदस्यले नै असन्तुष्टि जनाउँदै आएका छन्। परिषद् सदस्यद्धय बैद्यनाथ उपाध्याय (अवकाशप्राप्त) र रामप्रसाद सिटौलाले निर्णय प्रक्रियामा असहमति जनाउँदै आएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell