PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​आगलागीमा पाँच लाख रुपैयाँ बराबरको क्षति



पहिलोपोस्ट

राजविराज : सप्तरीको शम्भुनाथ नगरपालिका–६ स्थित एक पसलमा मंगलवार आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ। 

स्थानीय विनोदकुमार गुप्ताको किराना पसलमा विद्युत् सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ। 

सो आगलागीबाट गुप्ताको पसलभित्र रहेका खाद्यान्न सामग्री र नगद गरी अन्दाजी रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगोलाई स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए। 


कम्बल वितरण 

यसैबीच, धर्मी हल्फा महिला विकास क्लब, लालापट्टीले सप्तरीको तिलाठी गाविसको ८ र ९ नं वडामा मङ्गलबार कम्बल वितरण गरेको छ। 

केही दिनदेखि तराई मधेसमा बढेको चिसोका कारण प्रभावित क्षेत्रमा धर्मी हल्फा महिला विकास क्लबले यहाँका विपन्न परिवारलाई कम्बल वितरण गरेको हो। 

क्लबका अध्यक्ष समाजसेवी इन्जिनियर सूर्यनारायण यादवले १०० विपन्न, अपाङ्ग, एकल महिला र दलित परिवारलाई एक–एक थान कम्बल वितरण गरेका हुन्। 

यस्तै, सो क्लबले यसअघि जिल्लाको इटहरि विष्णुपुर गाविसको ६, ७, ८ र ९ वडाका रन्जितपुर र गोरगामा रहेका विपन्न, दलित, विधवा र अपाङग गरी १०२ परिवारलाई ब्लाङ्केट समेत वितरण गरेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell